नायिका तथा मोडलका रुपमा आम दर्शक माझ परिचयय बनाउन सफल सबिना तामाङ अब गितकारका रुपमा पनि अाफ्नाे थप प्रतिभा लिएर अाउदैछिन। उनीबाट लिखित “हरेक साझ जुन बनी” गितको रेकर्डिङ हालै सम्पन्न भएकाे छ।
धेरैकाे सपना हुन्छ अाफ्नाे रूचीकाे क्षेत्रमा सफल बन्ने यसमा कतीकाे सपना चाडैं पुरा हुन्छ भने कतिकाे ठुलै परिश्रम पछिमात्र सफलता हात पर्छ,त्यस्तै संघर्षकाे मैदानमा एक पछि अर्काे चाडै सफलता चुम्दै जाने एउटा कला साधककाे नाम हाे “ सबिना तामाङ” उनि सानै उमेरदेखि कला तथा सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न यहि क्षेत्रमा भविष्य खोजिरहेका कैयाैं प्रतिभाहरू मध्ये उनी पनि एक हुन् ।“ हरेक सांझ जुन बनी जिन्दगीमा छाइदेउ ” अाफ्नै शब्दमा अडियोकाेसाथै भिडियो पनि चाडैंनै बजारमा आउने भएकाे छ,अामा राममाया तामाङ र बुवा राज कुमार तामाङकाे दुइ भाइ र पाच दिदीबहिनि गरी जम्मा सात सन्तान मध्ये साहिली सन्तानकाे रूपमा भक्तपुरमा जन्म भै भाेजपुरकाे सानोदुम्मा हुर्कीएकी सबिना माेफसलमानै बसेर पनि पछील्लो थोरै समयमा धेरैनै चर्चाको शिखर चुम्न सफल मोडल तथा नायिका हुन ।तामाङ मनाेरञ्जनकाे दुनीया कलाकारीताकाे साथै शब्द लेखनमा पनि उत्तिकै सक्रिय रहेकी छिन , उनि एक कुसल गीतकारको रुपमा पनि आफुलाई अगाडी बढाइ रहेकि छिन।कयाैं म्युजिक भिडियो हरुमा काम गरी सकेकी तामाङ “ माया लाग्छ नि ” नामक चलचित्र बाट ठुलो पर्दाको चलचित्रमा प्रवेस गरिकी हुन ।
पहिलो चलचित्र को सफलता सँगै “ खुल्ला आकाश” नामक चलचित्रमा समेत काम गरी सकेकी कलकार “खुल्ला आकाश” चाडैंनै दर्शकमाझ फरक स्वाद लिएर अाउने बताउछिन मोडल तथा नायिका सविना अभिनय सँग सँगै लेखन तिर पनि समय दिन रुचाउने बताउछिन,सविना तामाङको शब्द रचनामा “ हरेक साझ जुन बनी जिन्दगीमा छाइदेउ कहिले पनि नछुटिने चोखो माया लाईदेउ ” बोलको सुन्दर शब्द रचना लाई बरिष्ट संगीतकार राम सिटाैलाले संगीत सृजना गरेका छन् भने सुमधुर स्वरकी धनी मेलिना राइले स्वर दिएकी छिन ।
उक्त्त गीतको अडियो भिडियो चाडैंनै बजारमा आउने भएकाे छ भने म्युजिक भिडियोमा गीतकार,मोडल तथा नायिका सविना तमाङ अाफैले अभिनय गर्ने भएकी छिन । उनले चाडैंनै दर्शक तथा श्रोता समक्ष्य ल्याउने कुरा सवाल नेपाललाई बताएकी छिन । भबिष्यमा सफल नायिका तथा गीतकार बनेर दर्शक तथा श्रोताहरूको मन जित्ने लक्ष्य रहेको उनले सुनाइन् ।
फोटो फिचर ः






