दमक/निर्वाचनपछि ठूलो राजनीतिक दल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बन्नु अघि नै सार्वजनिक रुपमा देउवा सरकारलाइ अब नियुक्ति तथा निर्णय नगर्न भन्दै सचेत गराएका थिए । तर देउवालाइ नियुक्ति र सिफारीसलाइ रोकेनन् तर अज तिब्र रुपमा अघि बढाए ।
अन्तिम समयमा राष्ट्रिय सभा सदस्य मनोनितमा तीन जनाको नाम राष्ट्रपति सामु सिफारीस गरे र निर्णय गर्न दबाब पनि दिए । अहिले अब यो निर्णय के होला भनेर सर्वत्र चासो रहेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकले यस सम्बन्धि निर्णय गरेको बताइएको छ । यद्यपि यस बिषयमा बाहिर केहि पनि सार्वजनिक भएके छैन ।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट तीनजना मनोनित हुने सदस्यहरुको नाम सिफारीस गर्ने निर्णय लिएको बताइन्छ । तीन जना को को परे ? भन्ने अहिले अड्कल बाजि शुरु भएको छ ।
एमालेबाट २ जना र माओबादी केन्द्रबाट एकजना भएको हुनसक्ने श्रोतको दाबी रहेको छ । यद्यपी यसको औपचारिक पुष्टि कतैबाट हुन सकेको छैन । जनसंख्या तथा वातवरणमन्त्री लालबाबु पंण्डितले केहि बोल्न चाहेनन् ।



