दमक/झापाको दमकको मुख्य बजारमा एक समुहले बिस्फोटक पदार्थ फ्याकेर भागेपछि स्थानीयहरु त्रसित भएकाछन् । सामान्य प्रकारको पटकाजस्तो देखिने बिस्फोटक पदार्थ फ्याकेर एक समुह भागेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
पसलहरु खुलीराखेको अवस्थामा भ्याकेको उक्त विस्फोटक पदार्थ पड्किएपछि स्थानीयहरु त्रसित भएकाहुन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार दमकको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
बन्दको अवज्ञा गर्दा बम बिस्फोट गराइएको बन्द नेपाल कम्युनिस्ट पार्टी माओबादीका एक नेताले बताएकाछन् ।
दमकलाइ बन्द निषेधित बनाइएको र यस्तो कार्यबाट आफूहरु बिचलित नहुने ब्यवसायीहरुले जनाएकाछन् । यद्यपी त्यसपछि भने दमकमा बन्दको प्रभाव परेको छ । स्थानीयहरुले पसलहरु बन्द गरेकाछन् ।
-हेर्नुहोस भिडियो



