विष्णुप्रसाद पोखरेल
दमक । झापा कमल गाँउपालिका वडा नं. ३ केर्खा बजारमा रहनु भएकी ८६ बर्षिया रुममिणा काफ्ले विहिबार साँझ केपी शर्मा ओली प्रधानमन्त्री भएको जब थाहा पाउनु भयो त्यसपछि उहाँलाइ निक्कै खुसि लाग्यो । उहाँले ओलीको बिगतलाइ एकपटक फेरी सम्झनु भयो ।

शुक्रबार उहाँको घर पुग्दा उहाँले भन्नुभयो–‘फेरी केपीबाबु प्रधानमन्त्री भएको सुन्दा म निक्कै खुसि भएको छु, दूइ बर्ष अघि आर्शिबाद माग्न आएका थिए ।’ अब देश र जनताको पक्षमा काम होला भन्ने आशा आफूलाइ लागेको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो–‘के भन्नु र मैले,सबैको मन जि त्ने राम्रो काम होला भन्ने आशा रहेको छ ।’

८६ बर्षिया शर्माले साविक घैलाडुब्बा ३ मा ओली भूमिगत रहदा आफ्नो घरमा बास दिनु भएको थियो । श्रीमान् कट्टर त्यो समयमा कम्यूनिष्ट बिरोधी भएपनि खाटमा सिरिक मिलाएर राखिए जसरी त कहिले खाटमूनि लुकाएर जोगाएको काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो–‘खाटमा सिरिक मुनि लुगा छोपे जसरी छोपेर राखेको पनि अहिले पनि याद आइरहेको छ ।’

आफूले जे पकाएर दिए पनि खाने गरेको बताउदै काफ्लेले गोल खेल्न ओलीले बहुत रुचि राख्ने गरेको सुनाउनु भयो । उहाँले भन्नुभयो–‘मान्छे नचिनिने गरी अधेरो भएपछि खेल्न कुदिहाल्थे, गोल खेल्न भने खुब मन पराउने थिए उनि ।’ लामो समय यसरी नबिताए पनि ति सयम ओलीका लागि निक्कै कष्ठप्रद रहेको उहाँले बताउनु भयो ।

https://www.youtube.com/watch?v=9PUdqoHFpTo

ओलीले दोस्रो संबिधानसभा निर्वाचनको समयमा घरमा नै पुगेर दहि खाएर काफ्लेसंग आर्शिबाद लिनु भएको थियो । चुनावी कार्यक्रमको शिलशिलामा घर निस्कदा त्यो समय काफ्लेले प्रधानमन्त्री बन्नु भन्दै आर्शिबाद समेत दिनु भएको थियो । काफ्लेले भन्नुभयो–‘केपी बाबु एकछिन आउनु भयो र फेरी आउछु है भन्दै गएका थिए, म बुढीले दिएको आर्शिबादले त के होला र आफ्नै पौरखले प्रधानमन्त्री बनेकाहुन् ।’

काफ्लेका छोरा ओलीका सहपाठी दामोदर काफ्लेले पनि ओलीसंगको बिगत सम्झनु भयो । वरिपरि सबै कम्यूनिष्ट बिरोधी भएकाले घरमा ओली निक्कै सावधानी पूर्वक बसेको उहाँको भनाइ रहेको थियो । त्यो समयमा ठूलो खाट ढाक्ने पातको झल्ला खाटमा तलसम्म ओछ्याउने चलन रहेको र दिनभर पनि कहिलेकाहि खाटमुनि लुकेर ओलीले बिताएको काफ्लेको भनाइ रहेको छ । दिनभर घरभित्र नै लुकेर बस्ने र रातपरेपछि गाँउमा निस्कने गरेको काफ्लेले स्मरण गर्नु भयो ।

काफ्लेले ओलीसंगका केहि पुराना स्मरणहरु सुनाउनु भयो । आदर्श माबिमा कक्षा ९ मा अध्ययन गरेको समयमा भारतले नाकाबन्दि लगाएको र त्यो समयमा भारतीय ब्यापारीहरु तेल, सख्खर लगायतका सामाग्रिहरु बजारमा बेच्न ल्याउदा ओलीले लातले हानेर सबैलाइ खेदाएको आफूलाइ याद रहेको उहाँको भनाइ छ । सानैदेखि अन्याय बिरुद्ध कडा रुपमा प्रस्तुत हुने स्वभाव ओलीको रहेको उहाँको भनाइ थियो ।

एकदिन कक्षामा परिक्षाको दिन ओलीले अचम्मको कृयाकलाप गरेको काफ्लेले सुनाउनु भयो । शिक्षकले सबै चिट जाँच गरेपनि ओलीले झुक्याएर चिट चोरेको उहाँको भनाइ छ । चिट चोरीसकेपछि ओलीले शिक्षकलाइ चिट देखाएको र खोस्न आउदा चपाइ दिएको काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो–‘जे गर्न पनि आँट भएको र कसैसंग नडराउने स्वभाव लाग्थ्यो ।’

उहाँहरुले अब मूलकको हित र स्वभिमानको पक्षमा दर्बिलो रुपमा ओलीले नेतृतवदायी भूमिका खेल्नेमा आशाबादी रहेको बताउनु भयो । आफूहरुको ब्याक्तिगत चाहाना र स्वार्थ ओलीबाट केहि नरहेको बताउदै जनाताले चाहे अनुसारको काम गर्न सफल रहनुहोस भन्ने शुभकामना रहेको उहाँहरुले जनाउनु भयो ।

https://www.youtube.com/watch?v=9PUdqoHFpTo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah