विष्णुप्रसाद पोखरेल
दमक/पूर्व डिआइजि समेत रहेका नवराज सिलवाल र एमाले सचिब योगेश भट्टराइले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघि नै मन्त्री बनाउने घोषणा गरेका थिए । जसका कारण आम जनमानसलाइ लागेको थियो यदि यि दूइले साँसद जिते भने मन्त्री पक्का बन्नेछन् ।
ओली प्रधानमन्त्री भएकाछन् र मन्त्रीमण्डल विस्तारको तिव्र तयारीमा जुटेकाछन् । तर दुबै जनाको नाम भने खासै अहिले चर्चामा रहेको छैन । भट्टराइको नाम भने मन्त्रीको सूचिमा पर्ने सक्ने बताइएको छ तर सिलवालको नाम भने खासै आएको छैन ।
आफू आइजिपि बन्नका लागि सिलवालले नक्कली कागजपत्र बनाएको आरोप लागेको छ र त्यहि आरोपका कारण सिलवाल अहिले भूमिगतजस्तै अवस्थामा रहेकाछन् । सिलवालको विषयमा ओलीले कानून बिदहरुसंग समेत छलफल गरेको बताइन्छ ।
सिलवाल गृहमन्त्री हुनुपर्छ भन्ने सामाजिक सञ्जालमा तिब्र दबाब रहेको छ । ओलीले सिलवाल भविष्यको गृहमन्त्री भनेर बोलेका समेत थिए । गृहमन्त्री वा राज्यमन्त्री बन्न सक्ने सम्भवाना जिवित नै रहेको एमालेका केहि नेताहरु बताउछन् ।
यता भट्टराइ मन्त्री बनेको अवस्थामा कून मन्त्रालय पाउलान भनेर अड्कल बाजि भइरहेको छ । सम्भवत उनले मन्त्री बन्ने अवसर पाएमा सूचना तथा सञ्चार मन्त्रालय पाउने बताइन्छ । उनि एमाले प्रचार बिभाग प्रमुख हुन् ।
युवा नेता भट्टराइले केहि समय अघि निर्वाचित भएपश्चात एमाले अध्यक्ष ओली र माओबादी केन्द्र अध्यक्ष प्रचण्डले राजनीतिबाट सन्यास लिनु पर्ने बताएपछि आलोचित भएका थिए ।
यसले गर्दा भट्टराइलाइ पार्टीका केहि नेताहरुले कडा आलोचना समेत गरेका थिए । ओलीको बिरोधीको रुपमा उनलाइ चित्रित गरेर मन्त्री बन्न नदिने लाइनमा समेत केहि नेताहरु लागेको सम्बद्ध श्रोत बताउछ ।



