प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो इन्द्रदह पर्यटन मिनि महोत्सव उद्घाटन गरेका छन्। राजधानीको चन्द्रागिरी नगरपालिकामा पर्ने इन्द्रदहमा बुधबार पत्नी राधिकालाई गुराँसको फूलसमेत दिएका छन्।

पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले अझै एउटा काम बाँकी रहेको बताए। त्यसपछि पत्नी राधिकातर्फ फर्किएर आफूलाई अघि स्वागत गर्दा दिएको गुराँसको फूल उठाएर हातमा राखिदिए। राधिकाले मुस्कुराउँदै फूल हातमा लिइन्। उनले धेरैबेरसम्म त्यो फूल हातमा लिएर बसिरहिन्।

श्री ५ पृथ्वीनारायण शाहको प्राचीन गढीहरु, काजी कालू पाँडेको समाधिस्थल रहेकाले उत्सवका रुपमा मनाउन लागिएको बताईएको छ ।

यस क्षेत्र बाट निलगिरी हिमाल, धौलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायत विश्वकै प्रसिद्ध हिमालहरुको दृश्यले जोकोहीलाई पनि मोहनी लगाउनेछ।

यसका साथै पर्यटन को गन्तव्य थलो बनाउन पर्यटनको उजागर गर्नु उत्सवको मुख्य उद्धेश्य रहेको छ । राष्टिय एवम् स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती उत्सवको मुख्य आकर्षण भएको बताईएको छ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले कालुपाण्डेको सालिकको शिलान्यनस पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah