विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमक नगरपालिकामा हात्तीपाइले रोग बिरुद्धको औषधि खानेको संख्या अधिक कम रहेपछि यसलाइ बढाउनका लागि सन्देश दिने उदेश्यले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी सहित सामाजिक अगुवाहरुले दमकको गणतन्त्र चोकमा हात्ती पाइले रोगथ बिरुद्धको औषधि खाएकाछन् ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजनामा भएको हात्तीपाइले रोग सम्बन्धिको सचेतना कार्यक्रममा नगर प्रमुख ओली र उपप्रमुख अधिकारी सहितले औषधि खाएकाहुन् । औषधि खाँदै उनिहरुले भने–‘हामीले हात्तीपाइले रोग बिरुद्धको औषधि खाएका छौ र सबै नगरबासीलाइ खान आग्रह गर्दछौ ।’

लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमका अनुसार दमकमा गतबर्ष ७० प्रतिशतले औषधि नखाएको थाहा पाएपछि यस्तो अवस्था यो बर्ष नआओस भनेर सचेतनाका लागि लायन्सले पनि अभियान थालेको हो । दमकलाइ हात्ती पाइले रोगको जोखिमबाट बचाउन सबै लाग्नु पर्ने र त्यो आफैबाट शुरु गरेको उनले जनाए ।

स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखर भट्टराइले हात्ती पाइले रोग निवारणका लागि सरकारले चलाएको अभियानमा सबै सरिक हुन आग्रह गरे । उनले जुकाको औषधि र अन्य समयमा समेत स्वास्थ्यकर्मीहरुले लेख्ने औषधि नै हात्ती पाइले रोगको औषधि भएको बताउदै यो खाँदा केहि नहुने जनाए । भ्रममा नपर्न र औषधि खान उनले आग्रह गरे ।

लायन्स रिजनल कोअर्डिनेटर अजय अग्रवाल, रेडक्रस सोसाइटी दमकका प्रेम भट्टराइ, सामाजिक अगुवा लोकबहादुर अधिकारी, वडा सदस्यहरु, पत्रकारहरु लगायतले गणतन्त्र चोकमा औषधि खाएर सबैलाइ खान आग्रह गरेको लायन्स क्लवका तृतिय उपाध्यक्ष मनोज अग्रवालले बताए ।

सो अवसरमा दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले झापामा सबैभन्दा कम औषधि सेवन गर्न नगरपालिकाले नै यहि भएको जनाए । उनले यसपटक ३० प्रतिशतबाट ७० प्रतिशत पुग्ने अपेक्षा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah