विष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली समक्ष नेपाल राष्ट्रिय बाणिज्य संघ दमकले झापाको दमकलाइ पूर्व नै नमुना शहर बनाउनका लागि ७ सुत्रीय मागहरु अघि सारेको छ ।
दमकबाट काठमण्डौ गएको संघको एक प्रतिनिधि मण्डलले सात्र सुत्रीय माग राखेको र प्रधानमन्त्री ओलीबाट सकारत्मक जवाफ पाएको संघका सदस्य रमेश लुइटेलले जानकारी दिएकाछन् ।
संघका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ र भरत चम्लागाइको नेतृत्वमा काठमण्डौ टोली गएको थियो ।
यस्ताछन् संघका ७ माग
१. दमकलाई नयाँ औद्योगिक शहर बनाउनेः
२. ब्यावसायिक रंगशाला÷खेलकुद रंगशाला निर्माणः
३. आधुनिक तथा सुबिधासम्पन्न शीतभण्डार निर्माणः
४. बिषादी जाच्ने प्रयोगशाला स्थापनाः
५. सुबिधायुक्त आइटी पार्क निर्माणः
६. औद्योगिक पार्क र बुद्धको मुर्ति निर्माणलाई तिब्रताः
७. चीन र भारत सिमा नाका र दमक रबि सडकः




