काठमाडौं– सोमबार मन्त्रीपरिषद् विस्तार भएको छ। एमालेबाट २ तथा माओवादी केन्द्रबाट २ मन्त्री थपिएका छन्। चारै मन्त्रीहरुले सोमबार नै पदभार ग्रहण गरेका छन्। एमालेबाट ईश्वर पोखरेल र डा.युवराज खतिवडा तथा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ र मातृका यादबले पदभार सम्हालेका हुन्।
यस्ता छन् उनीहरुको पहिलो निर्णय–

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्।
सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा पदबहाली गर्दा उनले पहिलो निर्णय गरेका हुन्।

रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए। सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए ।
गृहमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले पदभारपछि पहिलो निर्णयका रुपमा उनले अध्यागमनको नीति बनाउने तथा सुधारका लागि कार्यदल गठन गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीका अनुसार मन्त्रालयको नीति महाशाखाका प्रमुख केदार न्यौपानको संयोजकत्वमा कार्यदल गठन भएको छ । अध्यागमनमा समस्याको पहिचान गरी सुधारका लागि कार्यदल गठन गरिएको हो।

त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले बैशाख १ गतेदेखि ई– पेमेन्ट लागू हुने निर्णय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah