हिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले अहिलेको सरकार ढुक्कसँग पाँच वर्ष चल्ने बताएकी छिन् ।
३६औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ नगर प्रारम्भिक समिति बागलुङले आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।
उनले देशमा राजनितिक स्थिरता भै सकेको हुनाले अहिलेको सरकार ५ वर्ष ढुक्क सँग चल्ने बताइन् ।
मगरले देशमा सामाजिक र आर्थिक समृद्धि बामपन्थी सरकारले मात्र ल्याउने बताउँदै यो सरकार उत्पिडितहरुको पक्षमा बोल्नमा जोड दिइन ।
उनले देशमा कम्युनिष्टहरुले बहुमतको सरकार ल्याएका कारण सामाजिक तथा आर्थिक रुपान्तण गर्ने शक्तिका रुपमा स्थापित हुने उल्लेख गरिन् ।
नेपाल बहुभाषी, र बहु जाती भएको राष्ट्र भएका कारण आफ्नो संस्कृति र परम्परा जर्गेनाका लागि सबै तहबाट लाग्न जरुरी रहेको भन्दै संस्कृति संरक्षणका लागि राज्यले उचित किसिमको सम्मान व्यक्त गर्नुपर्ने बताइन् ।
मन्त्री थापाले सरकारले स्थानिय सरकारसँग समन्वय गरी हरेक समुदायको गतिवधिमा सरोकार राख्ने बताईन ।
उनले भनिन,‘हामी स्थानिय श्रोत साधनको पहिचान गरी हरेक समुदायलाई समृद्ध बनाउने लक्ष्य राखेका छौं’ अबको ५ वर्षमा पुरा गर्ने हाम्रो उद्देश्य रहेको छ ।
उनले धौलागिरीमा मगरहरुको बाहुल्यता रहेको र आफु पनि यस क्षेत्रको भएका कारण मगर समुदायको हकहितका लागि सधै आगाडि बढने बताईन् ।
मन्त्री थापालाई आजै जिल्ला समन्वय समितिले बधाई तथा सम्मान गरेका थिए । सो कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै थापाले देशमा भएको राज्य पुर्नसंरचना सँगै कर्मचारीहरुले पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताईन ।
उनले स्थानिय तह बलियो बनाउनका निमित्त कर्मचारीको ठुलो भुमिका हुने भन्दै हरेक तहमा सहयोगी भुमिका निर्वाह आग्रह गरिन ।
उनले मुलुकमा जारी भएको संविधानलाई सफल बनाउनका लागि हरेक तहबाट सहयोगको खाँचो रहेको बताईन ।
मन्त्री थापाले स्थानिय तहमा संविधानको भावन अनुसार कानुनहरु निर्माण गर्न आग्रह गरिन् ।
कार्यक्रममा बागलुङ जिल्लाबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई सम्मान गरिएको थियो । बागलुङबाट सबै तहमा गरी १५ जना सांसदहरु रहेका छन ।



