काठमाडौं, १६ फागुन- नेपाल टेलिकमले फागुपूर्णिमा अर्थात् होलीको अवसर पारेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

अफर यही फागुन १७ गतेदेखि चैत १ गतेसम्म जारी रहने छ । राजधानी काठमाडौंसहित पहाडी क्षेत्रमा १७ र तराई/मधेसमा १८ गते होली मनाइँदै छ ।

अफरअन्तर्गत टेलिकमले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ। ३५ रुपैयाँमा खरिद गर्न सकिने अफरबाट ३ दिनसम्म कल गर्न सकिने छ।

यस्तै ५० रुपैयाँमा अलटाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ। थ्रीजी/फोरजीको स्पिडमा चल्ने डाटा खरिद गरेको २४ घण्टासम्म यसको प्रयोग गर्न सकिनेछ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ। सो नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ। १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरेपछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ। सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट (१४१५) डायल गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah