काठमाडाैँ । युवा खेलाडी सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । इन्डियन क्रिकेट लिग (आइपीएल) मा अनुबन्धन भएको केही समयपछि नै सन्दीपले अर्को महत्वपूर्ण प्लेटफर्म पाएका हुन् ।

सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो । दुई साताअघि नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज बन्नु र आईपीएलकाे छनोटले उनका लागि सीपीएल छनाेटमा ठूलाे आधार बन्यो । टिमको कप्तानमा वेष्ट इन्डिजका क्रिस गेल छन्। टिममा बेन कटिङ, टोम कोपर लगायतका खेलाडी छन् ।

सीपीएल अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुनेछ । सीपीएलमा ६ टिम सहभागी हुनेछन्। सीपीएलको पहिलो ड्राफ्टमा यसपटक नेपालसहित १८ राष्ट्रका खेलाडी समावेश थिए। ड्राफ्टमा कूल ३४८ खेलाडीको नाम समावेश थियो । जसमा २२७ विदेशी खेलाडी तथा १२१ वेष्ट इन्डिजका खेलाडी थिए। टेष्ट मान्यता प्राप्त १० राष्ट्रसँगै क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी ड्राफ्टमा थिए ।

भारत र न्यूजिल्याण्डका खेलाडी भने ड्राफ्टमा समावेश थिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah