काठमाडौं- संघीय संसद् (राष्ट्रियसभा र प्रतिनिधिसभा) को पहिलो बैठक आज अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। संघीय संसद्को निर्वाचन सकिएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। हिजोमात्रै सांसदहरुले सपथ ग्रहण गरेका थिए।

आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्ये ष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन्। बैठकमा ज्येष्ठ सदस्यबाट राष्ट्रपतिले अधिवेशन आह्वानका लागि गरेको पत्र पढेर सुनाइनेछ।

पहिलो बैठकले संसद्को कार्यसञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ पारित गर्नेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डल पनि आजै चयन गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा प्रतिनिधिसभाको अन्तरिम कार्यविधि ०७४ को दफा ६(१) अनुसार प्रतिनिधिसभाका सभामुख चयनको मिति तोकिनेछ।

फागुन २६ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेगरी मिति निर्धारण गरिनेछ।सभामुख र अध्यक्षको चयन भएपछि मात्रै उपसभामुख र उपाध्यक्ष चयनको मिति तयर गरिने संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah