विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक बजारका सडक अतिक्रमण गरेर ब्यवसायीक बोर्ड राख्ने तथा संरचना निर्माण गर्ने कार्य निरुत्साहित गर्ने अभियान शुरु भएको छ । दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाको अगुवाइमा मंगलवारदेखि अतिक्रमण हटाउन शुरु भएको हो ।
दमकको जेसिज चोकबाट अभियान शुरु भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विनोदकुमार खतिवडा सहितको टोलीले सडक अतिक्रमण गरेर राखिएका बोर्डहरु हटाउनका साथै संरचना भत्काउन शुरु गरेको हो ।
अस्थाइ प्रकारले बनाइएको बोर्ड र संरचना हटाइएको जनाउदै केहि दिनपछि देखि स्थायी प्रकारका संरचानहरु पनि भत्काइने थापाले जानकारी दिए । नगरपालिकाले यस बिषयमा बारम्बार घरधनी तथा पसलहरु जानकारी गराएको समेत उनले जनाएकाछन् ।
आइतवार सवाल नेपाल अनलाइनले गरेको छलफलमा अतिक्रमण हटाउनका लागि उनिहरुले प्रतिबद्धता जनाएका थिए । दमक बजारभित्र भएका यस प्रकारको सबै अतिक्रमण हटाउने जनाइएको छ ।





