दमक/झापा दमक ५ मा गरिबीका कारण सामान्य उपचार नपाएर कुंजिएका गंगा माझीको उद्धार भएको छ । लायन्स क्लव अफ माउष्ट एरभेष्टका अध्यक्ष रुद्रप्रसाद गौतम, सवाल नेपालका सम्पादक विष्णुप्रसाद पोखरेलको पहल कदमीमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले माझीको घरमा नै पुगेर उद्धारको प्रतिबद्धता जनाएका थिए ।
लायन्स क्लव अफ माउष्ट एभरेष्टका अध्यक्ष गौतम, प्रथम उपाध्यक्ष चन्द्र गजमेर, तृतिय उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराइले दूइ महिनाकालागि अवाश्यक खाद्यन्न उपलब्ध गराएका थिए ।
माझीकी श्रीमति अर्काको घरमा गएर भाडा माँझेर श्रीमानलाइ खाना ख्वाउने गरेकी र छोरोले उल्टै कुटेर हिडेको जनाईएको थियो । नगर प्रमुख ओली र उपप्रमुख अधिकारी यो देखेर भावुक बन्दै उपचार नगरपालिकाले ब्यवस्था गर्ने भन्दै त्यहाँबाट फर्केका थिए ।

http://www.sawaalnepal.com/archives/52404
माझीको घरमा सवाल नेपाल र लायन्स क्लवको टोली पुग्दा माझी दिशापीसावमा डुबेको अवस्थामा देखेपछि तत्काल उद्धार गर्ने बचन दिएर फर्केको भोलीपल्ट नै नगर प्रमुख र उपप्रमुख त्यहाँ पुगेका थिए ।
दमक नगरपालिका उपप्रमुख अधिकारीले माझीलाइ आम्दा अस्पतालमा उपचारको ब्यवस्था मिलाइएको बताइन् । उनले दमकको सबैको पहुँच पुग्ने ठाँउमा यो अवस्था हुनु बिडम्बना भएको भन्दै यस प्रकारका नागरिकहरुलाइ सहयोग गरिने बताइन् ।
दमक नगर प्रमुख ओलीले यस प्रकारका अति बिपन्न र उपचार नै नपाएकाहरु एवं खान मुश्किल भएकाहरुको नगरपालिका साहारा बन्ने बताए । उनले लायन्स क्लव र सवाल नेपालले यस प्रकारका घटनाको विषयमा नगरपालिकालाइ जानकारी गराउदै उद्धारमा लागेको भन्दै प्रशंशा समेत गरे ।
https://www.youtube.com/watch?v=l3D4X3aRX-E&t=14s



