काठमाडौँका रविन केसीलाई पहिलो सबैले असाध्ये माया गर्थे । तर उनी ५ वर्षको हुँदा भाइ जन्मियो । आफूलाई माया गर्ने मान्छे सबैले आफूलाई भन्दा भाइलाई माया गरेको देखेर उनलाई भाइप्रति रिस उठ्न थाल्यो । उनलाई आफू एक्कासी एक्लिँदै गएको महसुस भयो । सधैं उनी ‘मलाई कसैले माया गर्दैनन्, कसैले ध्यान दिँदैनन्, सबैले भाईलाई माया गर्छन्’ भनी ठान्न थाले । त्यसैले उनी आमाबाबुबाट टाढा हुँदै गए।

त्यसपछि रविनका बाबुआमाले भाइसंग मिल्दैन भनेर होस्टेलमा राखिदिए । बिदाका बेला घर आउँदा पनि उनालाई मामाघर पठाउन थालियो । जति–जति ठूला हुँदैं गए दुई भाई नमिल्ने हुन थाले । समस्या झन् बढदै जान थाल्यो । एकदिन उनलाई बाबुआमाले मनोविद्कहाँ परामर्शमा लगे।

मनोविदको परामर्शपछि रविनका दाजुभाइ अहिले एकदमै मिल्ने भएका छन् । दाजुभाइ झगडा गरेपनि आजकाल आफैं मिल्छन् । अहिले दुवै जनाको सम्बन्ध एकदमै राम्रो छ।

के हो दिदीभाई र दाजुबहिनीको डाहा गर्ने समस्या ?

दाजुभाइ, दिदीबहिनीबीच रिस, डाहा गर्ने समस्या ठूलो समस्याको रुपमा देखिन्छ । यो अधिकांश बालबालिकामा देखिन्छ । यो बच्चामा एकपटक देखियो भने पछिसम्मै पनि देखिने हुन्छ । रिस, इष्र्या, डाहा गर्ने प्रवृत्ति हाम्रो समाजमा एक ठूलो समस्याका रुपमा देखा परेको छ।

आखिर यस्तो समस्या किन हुन्छ ?

कस्तो वातावरणमा बच्चालाई हुकाईएको छ, उनीहरूले त्यस्तै व्यवहार देखाउँछन् ।

तिम्रो भाइ हो, माया गर्नुपर्छ भनेर सम्भाइबुझाई गर्नुको साटो भाइसँग टाढा राख्ने गर्दा रविनमा रिस र डाहा बढ्दै गयो । ठूलो भएपछि स्कूल बिदा हुँदा एकजनालाई मामाघर पठाएर छुट्टाछुट्टै राख्ने गर्दा एकै ठाउँमा नबस्ने, सामानहरू पनि एकअर्कालाई नबाँड्ने समस्या बढ्दै गयो । छुट्टी भएको बेलामा पनि दाजुभाइ मिल्दै नमिल्ने भएपछि बाबुआमालाई समस्या भयो । अनिमात्र उनीहरूले मनावैज्ञानिक परामर्शका लागि ल्याएका थिए ।

झगडा गर्नु साधारण प्रक्रिया

बालबालिकाले झगडा गर्नु भनेको साधारण प्रकृया हो । तर आमाबाबुले दुईजना झगडा गरेका बेला ‘न्यायाधीश’ बन्नु हँुदैंन । ‘भाइलाई किन यस्तो गरिस्’ भनेर दाजुलाई भन्नुहुँदैंन । झगडा गरिसकेपछि बच्चालाई आफैं मिल्न दिनुपर्छ आफ्नो समस्या उनीहरू पछि आफै मिलाउछन्।
बच्चालाई कुनै पनि सामान एकअर्कालाई बाँड्न सिकाउनुपर्छ । माया गर्न सिकाउनु पर्छ । बच्चा पेटमा आउँदादेखि नै पहिलो बच्चालाई तिम्रो भाई बहिनी आउँदै छ भनेर मानसिक रुपमा तयार पार्नुपर्छ।

दोस्रो बच्चा जन्मिसकेपछि पहिलो बच्चालाई बेवास्ता गर्नुहुँदैन । उसलाई नजिकै राखेर सम्झाउनुपर्छ ‘यो तिम्रो भाइ, बहिनी हो, यसलाई माया गर्नुपर्छ ।’ यो ठूलो भएपछि हात समातेर स्कूल लैजानुपर्छ है भन्नुपर्छ । तिमीलाई ठूलो भएपछि दाजु÷दिदी भन्छ भनेर भन्नुपर्छ । यसो भएपछि उनीहरू पनि खुशी हुन्छन्।

हाम्रो समाजमा बच्चालाई नकारात्मक कुरा सिकाउने चलन छ । जस्तै, ‘अब तिम्रो भाइबहिनी आउछ, तिम्रो सबै खेलौना उसैले लिन्छ, आमाबुबाले पनि उसैलाई माया गर्छन् ।’ भन्ने गरिन्छ । अनि बच्चा पाएपछि मामाघर पठाउने, अरुसँग सुताउन पठाउने चलन छ । सबैले नयाँ बच्चालाई धेरै माया र ख्याल गरेको देखेर पहिलो बच्चाले नयाँ बच्चाप्रति नराम्रो भावना विकास गर्ने सम्भावना हुन् छ। त्यसैले नयाँ बच्चा जन्मिए पनि पहिलो बच्चालाई संगै राख्ने, अझ बढी समय दिने, अझ बढी माया गर्ने गर्नुपर्छ।

यही आएपछि मलाई कसैले पनि माया नगरेका हुन् भन्ने भावना पहिलो बच्चामा आउन दिनुहुन्न । यो भनेको बच्चाका लागि एकदमै ठुलो चोट हो । यस्तो समस्या भयो भने पछि गएर नराम्रो असर गर्छ परिवारमा । यस्तै, दुईजनाबीच तुलना गरेर यो राम्रो, उ नराम्रो भनेर दाँज्नु हुँदैंन।

यसरी तुलना गर्ने बानीले दाजुभाइ, दिदीबहिनीबीच सम्बन्ध बिग्रने गर्छ । भाई या बहिनीको कारणले गाली खाएको भावनाको विकास हुन सक्छ । यदि यस्तो समस्याको विकास सानैमा भयो भने ठूलो भएपछि सधैं परिवारमा कलह भइराख्छ र नराम्रो परिणाम निम्त्याउँछ । त्यसैले यस्तो कुरामा आमाबाबुले निकै होसियारपूर्वक व्यवहार गर्नुपर्छ।

प्रस्तुति: सिर्जन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah