२४ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गर्ने घोषणा गरेका छन् ।
भक्तपुरको बोडेमा बिहीबारबाट सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पण्डितले ठूलाबढा र पहुँचवालाले उपचारका नाममा गर्ने गरेको राज्यकोषको दोहन रोक्ने प्रतिबद्धता जनाएका हुन् ।
स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्ने भन्दै उनले नेपाली जनतालाई नेपालमै सहजरुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार लागि परेको जानकारी दिए ।



