दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा झापा जिल्लाभरका रेडकक्रस उपशाखाहरु मध्ये सर्वोत्कृष्ठ बनेको पाइएको छ ।
नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाको ४४ औं जिल्ला सभामा यस्तो घोषणा गरिएको हो । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सभाको उद्घाटन गरेका थिए ।
जिल्लामा रहेका २६ उपशाखा मध्ये दमक जिल्लाभरकै उत्कृष्ठ भएको रेडक्रस दमक उपशाखाका सदस्य प्रेम भट्टराइले बताए । लखनपुर दोस्रो भएको समेत जनाईएको छ । सभा रेडक्रस झापा शााखाका अध्यक्ष लोकराज ढकालको सभापतित्वमा भएको थियो ।



