विष्णुप्रसाद पोखरेल
दमक/मोरगको उर्लाबारी ६ स्थित सुकुम्बासी बस्तिमा बसोबास गर्दै आएकी एक सन्थाल महिलाको दमक स्थित लाइफलाइन अस्पतालले निुशल्क उपचार अप्रेसन गरिदिएको छ ।

अर्काको घरमा यो परिवार डेरामा बस्दै आएकी २५ बर्षिया मुना हस्दाको पीत्तथैलीमा ढुंगा रहेपनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको सवाल नेपाल अनलाइनमा समचार आएपछि र सवाल नेपालको सहजिकरणमा उपचार सम्भव भएको स्थानीय मीन श्रेष्ठले बताए ।

चार बर्ष अघिदेखि पेट दुख्दै आएको र केहि दिन अघि धेरै दुखेपछि अस्पताल जाँदा अप्रेसन गर्नु पर्छ भनेपछि यो परिवार अप्ठेरोमा परेको थियो ।

अति सिमान्तकृत जातीमा पर्ने गरिब सन्थाल परिवारलाइ उपचारका लागि ५० हजारभन्दा बढि जुटाउनु पर्ने बाध्यताले तनाव उत्पन्न गराएको थियो । रोग पालेर बस्न बाध्य रहेको थियो । श्रीमान सुनिल हस्दा ट्याक्टरमा बालुवा हाल्ने मजदूरी काम गर्ने गर्छन् भने उनि यहि बिरामका कारण काम गर्न जान समेत सेकेकी थिइनन् ।

यो थाहा पाएपछि अस्पतालका सञ्चालक समेत रहेका दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल, अस्पतालका प्रशासक सिम्रिक गिरीले उपचारका लागि सहयोग गर्न सक्ने बताएका थिए । आफूलाइ यस विषयमा जानकारी हुनसाथ उपचारका लागि अस्पताल ल्याउन आफूले भनेको पौड्यालले बताए ।

अस्पतालका डाक्टर समिर भट्टराइले आफू निशुल्क अप्रेसन तथा उपचार गर्न तयार रहेको भन्दै तत्कालै बिरामीलाइ जाँचका लागि बोलाएका थिए । उनले अति बिपन्न र आर्थिक अभावले नै उपचार नपाएको थाहा भएका कारण आफ्नो कर्तब्य सम्झेर यो काम गरेको जनाए ।

डा.समिरका साथै यसमा डा. बिकास सुबेदीले पनि सहयोग पुर्याएक थिए । विहिवार अप्रेसन भएको र अहिले उनको स्वास्थ्य स्थिति राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइले बताए । उनले अति बिपन्न गरिब परिवार उपचारबाट बञ्चित भएको सुनेपछि उपचारको निशुल्क प्रबन्ध मिलाएको पनि उल्लेख गरे ।

उपचार पाएपछि सन्थाल परिवारले लाइफलाइन अस्पतालले आफूहरुलाइ ठूलो गुन लगाएको बताएकाछन् । आफूलाइ निशुल्क उपचार गरिदिने डाक्टर समिर सहित सबै आफूहरुका लागि भगवान भएको सन्थाल परिवारले जनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah