काठमाडौं, फागुन २८ – काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए ।

अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए ।

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भन्नुभयो ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’

विमान उत्तरतिरबाट अवतरण गरेकै कारणले दुर्घटनामा परेको भन्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेको थियो ।- उज्यालो अनलाइन बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah