प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका छन् ।

संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई सरकारी निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका हुन् । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ति गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाए । ‘जनताले जे कुरा मन पराउँछन् त्यो गर्नुहोस, जे कुरा मन पराउँदैनन् त्यो गर्दै नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताए । ‘अब हरेक मिनेट समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ ओलीले भने, ‘यी सबै कुराको गाम्भिर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन ।’ देश भतांभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिटै नै देशलाई यसरी समृद्ध बनाउन सकिन्छ देखाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने उनले बताएका छन् । ‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताए । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताए । ‘यस्ता भ्रममा पर्नु हुदैन’ उनले भने, ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन् ।’

प्रधानमन्त्री ओलीले अबका दिनमा बलात्कारका घटना रोकिने दाबी पनि गरे । सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने उनले बताए ।

‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्‍याए ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah