काठमाडौँ । पदमुक्त भएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले न्यायालयलाई विवादमा तान्न नचाहेको प्रष्ट पारेका छन् ।

 टेलिफोन सम्पर्कमा पराजुलीले आफू सम्मानजनक निकासको पक्षमा रहेको भन्दै आफ्नो कार्यक्षेत्र ‘हाइज्याक’ भएको प्रतिकृया दिए ।

उनले भने – ‘म सम्मानजनक निकासको पक्षमा थिए तर, सर्वोच्च प्रशासनले मेरो कार्यक्षेत्र हस्तक्षेप गरेर पेशी तोक्नबाटै रोक्यो ।’

न्यायपरिषदले पराजुली गत साउनबाटै उमेरहदका कारण पदमुक्त भएको पत्र हिजो सार्वजनिक भएपछि सर्वोच्चको विवाद चुलिएको हो ।

पराजुली पदमुक्त भएको पत्र सार्वजनिक भएपछि आजको पेशी वरिष्ठ न्यायाधीश दिपक जोशीले तोकेका छन् । जोशीले पेशी तोकेपछि पराजुली सर्वोच्च अदालत नै गएका छैनन् ।

यसैबीच, सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुलीबारे आएका समाचार र अबको निकास के हुने भन्नेमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah