दमक/झापाको दमक नगरपालिकाका देशभरकै उत्कृष्ठ नगरपालिकामा चयन भएको बताईएको छ । नेपाल नगरपालिका संघले देशभरका नगरपालिकाहरुमध्ये दमक नगरपालिकालाइ उत्कृष्ठ नगरपालिका छनौट गरेको बताईएको हो । नगरपालिकाको कार्य सम्पादन, ऐन कानून निर्माण, पूर्वधार बिकास लगायतका बिषयमा सर्वेक्षण गरेर उत्कृष्ठ घोषणा गरेको जनाईन्छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार संघले बिभिन्न बिषयमा सर्वेक्षण गरेर दमक नगरपालिकालाइ देशभर कै उत्कृष्ठ नगरपालिका छनौट भएको र यसका लागि पुरुस्कार प्रदान गर्ने जानकारी दिएको छ ।
ओलीका अनुसार शुक्रबार(आज) काठमण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ठ भएको प्रमाणपत्र सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि जनाउनु भयो । देशभरका २ सय ९३ वटा नगरपालिका रहेकाछन् । यि सबैमध्ये उत्कृष्ठ दमक भएको हो ।
दमक नगरपालिकाले समयमा नै नगरसभा सम्पन्न गर्ने देखि लिए ऐन कानूनहरु बनाएर राजपत्रमा प्रकाशित गरेको जनाउदै देशभरका नगरपालिकामध्ये उत्कृष्ठ हुँदा गर्व लागेको नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो । न्याय सम्पादनमा समेत दमक नगरपालिकाले उत्कृष्ठता हासिल गरेको उहाँको भनाइ थियो ।



