-संघीय समाजवादी फोरमले सरकारमा आउनका लागि बाम गठवन्धनसँग कुनै सहमति नभएको बताएको छ । तेस्रो पटक हिजो मन्त्रीपरिषद बिस्तारका क्रममा संघीय समाजबादी फोरम सरकारमा आउने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा आउने वातावारण बनी नसकेको बताउनुभयो । रेडियो कान्तिपुरसँग विहान कुरा गर्दै अध्यक्ष यादवले भन्नुभयो, संविधान संशोधन लगायत मुद्धामा सहमतिको कुनै आधार तयार भएको छैन के आधारमा सरकारमा जाने ?

संविधान संशोधन लगायत पार्टीले उठाएका मागमा बाम गठवन्धनले लिखित सहमति जनाएमात्रै सरकारमा जाने वातावरण बन्ने अध्यक्ष यादववको भनाई छ । बाम गठवन्धनले संसदमा २ तिहाई पुर्‍याउन भन्दै संघीय समाजवादी फोरम र राजपालाई पनि सरकारमा ल्याउने कसरत गरेपनि फेरि अन्योल उत्पन्न भएको छ । फोरमलाई २ मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको भनिएपनि अन्तिम समयमा आएर रोकिएको छ ।

बाम गठवन्धन श्रोतले भने फोरमको आन्तरिक विवादका कारण मन्त्रीमण्डल विस्तारमा सहभागि नभएको प्रतिकृया दिएको छ ।
रेडियो कान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah