विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक चोकमा नै एक महिलाले फ्ल्याट लिएर यौनधन्दा चलाउदै आएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय दमकले यस्तो कार्यमा संलग्न भएको आरोपमा एक महिलालाइ पक्राउ पनि गरेको जनाएको छ ।
बेलडाँगी रोडमा आफ्ना दिदि भिनाजुको घरमा एउटा फ्ल्याट लिएर यौनधन्दा चलाउने पाँचथर घर भएकी र हाल दमक ५ मा बसोबास रहेकी सुनिता लिम्बुलाइ पक्राउ गरिएको प्रहरी श्रोतले बताएको छ ।
प्रहरी श्रोतका अनुसार एक महिलाले आफूलाइ दैनिक रुपमा बिभिन्न पूरुषहरुसंग यौन सम्पर्क गर्न लगाएको तर पैसा नदिएको भन्दै उजुरी गरेपछि यो रहस्य बाहिर आएको पाइएको हो ।
एकैदिन धेरै पुरुषसंग यौन सम्बन्ध राख्न लगाएको र घर तथा बाहिरसमेत कसैसंग फोन सम्पर्क गर्नै नदिने गरेको उजुरीकर्ता महिलाले प्रहरी सामु बयान समेत दिएको बताइन्छ ।
अन्य युवतीहरुलाइ समेत बिभिन्न प्रलोभन देखाएर ल्याउने र अन्य होटलमा समेत पठाउने कार्यमा पक्राउ परेकी लिम्बु संलग्न रहेको श्रोतको भनाइ रहेको छ । लिम्बुलाइ मानव बेचबिखन तथा ओसारपसार मुद्धा लगाइएको प्रहरीको भनाइ रहेको छ ।



