दमक/सवाल नेपाल डटकम, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र दमक नगरपालिकाको पहलमा एउटा आँखा पाकेर झरेको अवस्थामा रहेका अशक्त जेष्ठ नागरिकको सडकबाट उद्धार गरिएको छ । हात पनि भाँचिएका र देबे्र आँखा पुरै झरेर ठूलो घाँउ बनेर खोपिल्टो बनेको शरिर कुप्रो परेर हिड्न नसक्ने अवस्थामा पुगेका ७५ बर्षिय विश्वनाथ राजवंशीको उद्धार भएको हो ।

सवाल नेपालका सम्पादक विष्णुप्रसाद पोखरेलले दमक बहुमुखि क्याम्पस अगाडिबाट उद्धार गरेर दमक चोकमा ल्याएका थिए । त्यसपछि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम र दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलाइ जानकारी दिइ सबैको संयुक्त पहलमा उनलाइ तत्कालै दमक स्थित सरकारी दमक अस्पताल पुर्याईएको छ ।

उनको साथमा भेटिएको कागजमा २०३२ सालदेखि दमकमा बस्दै आएको उल्लेख रहेको छ । पाकिस्तानबाट आएर दमकमा बस्दै आएको उक्त कागजमा लेखिएको छ । यसभन्दा अगाडि उनि झिलझिलेमा बसेको बताइन्छ । सन् १९७१ मा लडाइ हुदा आफू भागेर नेपाल आएको र आफ्नो कोहि पनि नरहेको राजवंशीले रुदै बताए ।

उनको एउटा हाँत भाचिएकाले राम्रो चल्दैन भने शरिर समेत बभिन्न रोगले कुप्री परिसकेको छ । एउटा आँखा गुमाएका उनको अर्को आँखा तिर घाँउ बन्न शुरु गरेको पाईएको छ । नगरपालिकाका उपप्रमुख अधिकारीले यि जेष्ठ नागरिकको यहाँ सम्भव हुने सम्पूर्ण उपचारको बन्दोबस्त दमक नगरपालिकाले गर्ने प्रतिबद्धता जनाएकीछन् ।

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष गौतमले यि जेष्ठ नागरिकलाइ बृद्धाश्रम राख्न आफूले पहल गरेको र दमकमा नै बृद्धाश्रममा राखिने बताए । यसका लागि आवश्यक पहल र सहयोग आफूहरुले गर्ने उनले जनाए । उपचार पछि उनलाइ बृद्धाश्रममा लगेर राखिने र सबै रेखदेखको बन्दोबस्त मिलाइने उनले जानकारी दिए ।

रत्न जेष्ठ नागरिक बृद्धाश्रम सेवा केन्द्र दमक ४ की सञ्चालिका युकेमा रहेकी मनमाँया सुनुवार संग समेत टेलिफोनमा आफूले कुरा गरेको र उनले स्वीकार गरेको गौतमले जानकारी दिए । उद्धार कार्यमा सवाल नेपालका प्रबन्धक केदारबाबु पौडेल, लायन्स प्रथम उपाध्यक्ष चन्द्र गजमेर, तृतिय उपाध्यक्ष मनोज अग्रवाल,   लगायत सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah