दमक/झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा गणेश तिम्सिना आएकाछन् । यसभन्दा अगाडि रहेका प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयमा गएपछि यहाँ धरानमा रहेका तिम्सिना आएकाहुन् ।
यसभन्दा अगाडि पनि तिम्सिना दूइ पटक दमक नगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा आएका थिए । अन्य धेरैले दमकमा आउनका लागि प्रयास गरे पनि तिम्सिना आउन सफल भएको जनाईएको छ । स्थानीय तह स्थानीय सरकारको रुपमा रुपाण्तरण भएकाले प्रमुख प्रशासकिय अधिकृतलाइ सरकारको मुख्य सचिब जस्तै मानिन्छ ।



