काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आडमा निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई सात दिनभित्र फिर्ता गरिसक्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सबैलाई नियम कानुन बमोजिम निर्णय गरेर खटाएका बाहेकका सुरक्षाकर्मी कसैले निजी काममा प्रयोग गरेको भए सात दिनभित्र फिर्ता गर्न रक्षा सचिव र गृह सचिवलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।

‘कहीँ कतै दुरुपयोग नहोस्, शक्तिको आडमा जजसले घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्, निर्णय भएका र तोकिएको सुबिधाबाहेक सबैलाई सात दिनभित्र अनिवार्य फिर्ता गरिसक्नुहोला,’ प्रधानमन्त्री ओलीले भने ।

शक्तिका आडमा कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेका समाचार पटकपटक आएपछि प्रधानमन्त्रीले यस्तो विषय आफूकहाँ पनि आएको भन्दै सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारबढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग हुँदै आएका छन् । पूर्वप्रधानसेनापति, पूर्वप्रहरी महानिरीक्षकदेखि सेना र दुवै प्रहरीका उच्च अधिकृतहरूले राज्यले तोकेभन्दाबाहेक घरायसी काममा राख्ने गरेका छन् । व्यक्ति रिझाउन र अनावश्यक काममा सुरक्षाकर्मी खटाउने गरेको पाइएपछि प्रधानमन्त्री ओलीले फिर्ता गर्न सात दिनको समय  दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah