रोल्पा,१ पुस । बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।

पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले तेस्रो चरणको कार्यक्रमअन्तर्गत बिहीबारदेखि जिल्ला बन्द गरेकाले जनजीवन कष्टकर भएको हो ।

बन्दका कारण बिहानैदेखि यातायात, शिक्षण संस्था, बजार, कलकारखाना खुलेका छैनन् । एम्बुलेन्स, प्रेस तथा दूध बोक्ने गाडीलाई भने निर्वाध रुपमा आवतजावत गर्न दिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
बिहीबार भएको आन्दोलनमा आठ आन्दोलनकारी तथा तीन प्रहरी घाइते भएको बताइएको छ ।

संयुक्त सङ्घर्ष समितिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी प्रहरी दमनको विरोध गर्दैै आन्दोलनका क्रममा घाइते बनेका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार गर्न मागसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah