पौष १ / तेह्रथुमको संक्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् । आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ ।
बिहान साढे नौ बजे अग्नी सेढाँईको घरबाट सुरु भएको आगो चार घण्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकल सहितको प्रहरीको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट निभाइएकोे घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट जयेन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, दिपेश प्रसाई, खड्ग पयाङवु, सानुकुमार चोङवाङ, सुभद्रा बाँनिया, होम सिटौला, हिमलाल थापा, इन्द्र गौतम, खड्ग आले, वुद्धी गुरुङ, नारायणी गुरुङ, बद्री सेढाँई, सूर्य गुरुङ, अमृत गहतराज,रत्न गहतराज, रेवती भट्टराई, कविता लिम्बू, रमेश सिटौला, र अग्नी सेढाँई सहित ३२ घर जलेको स्थानीय बासिन्दाले बताएका छन् । त्यस्तै ती घरमा डेरामा बसेका २७ परिवारको समेत विचल्ली भएको छ ।

अग्नी सेढाईको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । ती घरमा व्यापार व्यवसाय गर्नेहरुको तथ्यांक पनि यकिन भएको छैन । क्षतिको विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ । आगलागी प्रभावित लागि राहत र सहयोगको लागि सदरमुकाम म्याङलुङमा जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक बसी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah