दमक/दमकलाइ नै स्तब्ध बनाउने गरी १९ बर्षिय युवा राजेश मल्लिकको दमकको मुख्य गणतन्त्र चोकमा रहेको त्रिवेणी गृष्ट हाउसको एक कोठामा भएको हत्याको विषयमा अनेकथरी टिप्पणी भएका थिए ।
पैसाका लेनदेन देखि लिएर युवतीका बिषयहरुसम्मलाइ जोडेर घटना भएको अड्कल बाजि काट्नेहरुको कमी थिएन । प्रहरीले हत्या जानपहिचान भएको ब्याक्तिले गरेको त्यो समय नै बताएको थियो तर कारण भने पत्ता लगाउन सकेको थिएन ।
अहिले मानिसले सोचेभन्दा फरक कारण भएको प्रहरीले बताएको छ । आफ्नै काका भाला भनिने नरेश मल्लिकले हत्या गरेको स्वीकार गरेकाछन् । उनले आफ्नो श्रीमति काकीसंग जिस्कने गरेको र सम्बन्ध शंका लागेर हत्या गरेको बयान दिएपछि हत्याको नयाँ रहस्य पत्ता लागेको हो ।
आफूले बारम्बार रुपमा आफ्नो श्रीमतिसंग हास्ने, जिस्कने र नजिक भइरहेको देखेर शंका लागेपछि आफूलाइ जलन भएकाले हत्या गरेको बताएको प्रहरी श्रोतको भनाइ रहेको छ । उनिहरु एकैघरमा संगै बस्दै आएका थिए ।



