प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले हिन्दु नेपालीको आस्थामा चोट पुग्ने गरि अभिव्यक्ति दिएको आरोप लगाउदै नुवाकोटमा प्रदर्शन भएको छ । नुवाकोट तामाङ को गृह जिल्ला हो |
तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सम्बोधन गर्दै उपसभामुखले समाजमा जातीय द्वन्द बढाउने र समाजमा विकृति फैलाउने कार्य गरेको आरोप लगाए ।
बिरोध सभामा कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश कुमार महत ,राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, बिद्यार्थी नेताहरु शकर पान्डे ,निरञ्जन थापा, कृष्ण मिश्र,पारस अधिकारी ,पबन थापा,स्वेच्छा उप्रेती,नमराज सुवेदी,अनिल ढकाल ,पकज रोका लगायतको समेत सभागिता रहेको थियो |
प्रदेशसभा उपसभामुख तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुरका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दे गाई काट्नेलाई जेल हाल्ने कानुनी प्रावधान संसोधन हुनुपर्ने माग गरेकी थिइन् ।
-लोकान्तर बाट



