प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान, सामाजिक प्रवन्ध र उपलब्धीलाई अवमूल्यन नगर्न वाह्य र घरेलु समुदायलाई चेतावनी दिनुभएको छ ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आइतबार प्रधानमन्त्री ओलीले नेपाली सार्वभौमिकतामाथि धावा नबोल्न सचेत गराउनुभएको हो । युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यलाई समानुपातिक प्रतिनिधित्वको ब्यवस्थाबाट हटाउन सुझाव दिएपछि प्रधानमन्त्रीको यो भनाई आएको हो ।

‘ईयूको नाममा हाम्रा सामाजिक प्रवन्ध, संविधान र उपलब्धीहरुलाई अण्डरमाइन गर्ने काम नगर्नुहोस्’ उहाँले भन्नुभयो,‘ईयूले प्रतिवेदन सच्याउला भनेको थप जिद्दि गर्यो । म ईयूलाई प्रतिवेदन सच्याउन पुनः आग्रह गर्छु ।’

ईयूको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट नै परराष्ट्र मन्त्रालयले कडा आपत्ती जनाउँदै प्रतिवेदन सच्याउन आग्रह गरेको थियो । तर ईयूले प्रतिवेदन सच्याउनुको साटो उल्टै आफ्नो प्रतिवेदनमा उपयुक्त रहेको र सुझाव मान्ने÷नमान्ने अधिकार नेपाल सरकारको रहेको बताएको थियो ।

प्रधानमन्त्री ओलीले ईयूको यही जिद्दितर्फ संकेत गर्दै निर्वाचन प्रतिवेदन सच्याउन पुनः आग्रह गर्नुभएको हो ।

निर्वाचन पर्यवेक्षण गर्न आएको ईयूका केही सदस्य धर्मको प्रचारमा लागेको खुलेपछि तिनलाई फिर्ता गरिएको प्रतिशोध प्रतिवेदनमा साधिंएको भन्दै त्यो अनुचित भएको उहाँले बताउनुभयो । ‘यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं । यस्तो हामी मान्न सक्दैनौं’ प्रधानमन्त्रीले भन्नुभयो ।

संविधान नेपालको उपलब्धी भएको भन्दै उहाँले त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah