विष्णुप्रसाद पोखरेल
दमक, चैत १२ गते । झापाको दमक नगरपालिकाले अति बिपन्न ब्याक्ति तथा समुदायको गास,बास र कपासको ब्यवस्थाका लागि बिपन्न पहिचान कार्यबिधि बनाएर स्वीकृत गरेको छ । नगरभित्र रहेका बिपन्न परिवारको अवस्था सर्वेक्षण गर्न र उनिहरुलाइ परिचयपत्र दिन अब बाटो खुला भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

बिपन्न समुदायको पहिचान नहुदा नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम समेत प्रभावित भएको थियो । राज्यले बिपन्न समुदायलाइ निशुल्क स्वास्थ्य बिमा दिने घोषणा गरिसकेको छ । नगरपालिकाका प्रमुख ओलीका अनुसार शनिबार बसेको नगरकार्यापालिकाको बोर्ड बैठकले बिपन्न पहिचान कार्यबिधि पास गरेको र राजपत्र प्रकाशित गरेपछि कार्यन्वयन तत्काल शुरु हुन्छ ।

बिपन्नहरुलाइ चार श्रेणीमा बिभाजन गरिने ओलीले बताउनु भएको छ । अति बिपन्न, बिपन्न, न्यून स्तरको बिपन्न र सामान्य बिपन्न गरेर बिभाजन गर्ने नगरपालिकाले तयारी गरेको छ । बिपन्नताको कार्ड अनुसार नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा प्रदान गरिने तयारी रहेको नगरप्रमुख ओलीले जानकारी दिनु भयो ।

अति बिपन्नको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने कार्यबिधिमा उल्लेख छ । ओलीले भन्नुभयो–‘अति बिपन्नहरुको सम्पूर्ण प्रकारको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारले लिन्छ ।’ अहिले पहिचान नहुदा सेवा प्रवाह गर्ने क्रममा समेत समस्या भएकाले अब यो समस्या सामधान हुने उहाँको दाबी रहेको छ ।

दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले आफूहरुले पछिल्लो समयमा आर्थिक अभावले गर्दा उपचार नै नपाएर मर्ने अवस्थामा पुगेका, आर्थिक अभावले भोकभोकै परेर कुजिएर बसेका, आर्थिक अभावले छोरोछोरीले रुखमा बाधेर काम गर्ने गएका, घरमा खाना खाने चामल नहुदा लागुऔषधमा फसेका बालबालिकाहरु समेत भेटेको जनाउदै यो अवस्था अन्त्यका लागि कार्यबिधि बनेको जनाउनु भयो ।

बिपन्नहरुका लागि नगरभित्रका अस्पतालहरुमा औषधि उपचारमा आवश्यकता अनुसार छुट गर्ने, सार्वजनिक सेवा प्रवाहका लागि बिशेष ब्यवस्थ ागर्ने, शिक्षामा पहुच पुर्याउनेजस्ता उदेश्यहरु राखिएको समेत उहाँको भनाइ रहेको छ । नगरपालिकाले केहिदिन भित्रै राजपत्रमा प्रकाशित गरेर काम शुरुगर्ने पनि उहाँले जानकारी दिनु भयो ।

यसैगरि नगरपालिकाले स्थानीय तह सञ्चालन कार्यबिधि, मानव शंशााधन बिकास निर्देशिका, आन्तरिक अनुगमन कार्यबिधि पनि बोर्ड बैठकबाट पास गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । बोर्ड बैठकले पास गरेका नियम तथा कार्यबिधि स्थानीय सरकारको राजपत्रमा प्रकाशित भएपछि लागु हुने उहाँको भनाइ छ ।

झापामा गरिबी पहिचानका लागि र परिचय प्रदान बितरणका लागि अन्य स्थानीय तहहरुले कार्य बिधि बनाएका छैनन् । यसरी कार्यबिधि बनाएर काम शुरु गर्न लागेको स्थानीय तहमा दमक नगरपालिका हो । यसभन्दा अगाडि आधादर्जन भन्दा बढि कानून र कार्यबिधि बनाएर नगरपालिकाले राजपत्रमा प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah