दमक/गत चैत ७ गते उपचारका लागि दमकबाट उद्धार गरिएका जेष्ठ नागरिक विश्वनाथ राजवंशीलाइ आइतवार दमकस्थित रत्नाजेष्ठ नागरिक आश्रम लगिएको छ ।
सवालनेपाल डटकमका सम्पादक बिष्णुप्रसाद पोखरेल, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमको पहलकदमी र सहभागितामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको अग्रसरतामा राजवंशीको उद्धार गरेर बृद्धाश्रम लगेर राखिएको हो ।
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष गौतमका अनुसार एउटा आँखा नभएका र घाँउमा संक्रमण बढ्दै गएका जेष्ठ नागरिक राजवंशीको अवस्था दयनीय रहेको पाइएपछि उद्धार गरिएको हो ।
दमक अस्पतालमा उपचार शुरु गरिएको र बृद्धाश्रमबाट पनि ल्याउने लैजाने काम नगरपालिकाले गर्ने दमक नगरपालिका उपप्रमुख अधिकारीले बताइन् । उनको उपचार नगरपालिकाको जिम्मेवारी भएको उनले जनाइन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी पनि राजंबशीलाइ बृद्धाश्रम पुर्याउने कार्यमा सहभागि रहेका थिए । उपप्रमुख अधिकारी, लायन्स अध्यक्ष गौतम लगायतले बृद्धाश्रम पुर्याएका हुन् ।



