काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने दाबी गरेका छन्।

नेपाल उद्योग परिसंघले तयार गरेको ‘आर्थिक समृद्धिको मार्गचित्र २०७४’ बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउँछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्छ।’

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठूल्ठूला बजार रहेकाले निर्यातमा समस्या नहुने प्रधानमन्त्रीको भनाइ छ।

‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’, ओलीले भने, ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनुपर्छ।’

उनले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने बताए। अब बन्द र हडतालको समय सकिएकाले व्यवसायीहरुलाई निर्बाध ढंगले उद्योग व्यवसायमा लगानी गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah