विष्णुप्रसाद पोखरेल
दमक । झापाको शिवसताक्षी नगरपालिकाको धरपुरबाट पाँचगाछी जोड्ने धरमपुर–पाँचगाछी सडक पीच भएको भोलिपल्टै देखि भत्कन थालेपछि स्थानीयहरु आक्रोशित भएकाछन् । गुणस्तरहिन काम भएको र निर्माण ब्यवसायीले आँखामा छारो हाल्ने गरी काम गरेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।

बर्तमान प्रधानमन्त्री समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ बर्ष अघि शिलन्यास गर्नु भएको सडक कालोपत्रेको काम भइरहेको छ । कालोपत्रे काम गुणस्तरहिन भएका कारण भत्किरहेको भन्दै स्थाीयहरुले आपत्ती जनाउदै आएकाछन् । स्थानीय इन्द्रबहादुर राइका अनुसार पीच भएको भोलिपल्ट नै सबै भत्केर सडक काम नलाग्ने अवस्थामा भएको छ ।

पाराबारी बजार दक्षिण सडक धेरै ठाँउ पीच भत्केको शिवसताक्षी नगरपालिकाले जनाएको छ । ठाँउठाँउमा पीच भएको केहि दिनमा नै भत्केको स्थानीयको गुनासो आएपछि आफूहरुले अनुगमन गर्दा त्यस्तै पाइएको शिवसताक्षी नगरपालिकाका इन्जिनियर ले बताउनु भयो । आफूहरुले यस बिषयमा जिल्ला बिकास समितिलाइ जानकारी गराएपछि त्यहाँबाट पनि अनुगमन आएको उहाँको भनाइ छ ।

कान्छाराम ज्योती जेभि काठमाण्डौले बि.स.२०७३ साल असोज ९ गते निर्माण सम्झौता गरेर बि.स २०७४ साल मंसिर २१ गते काम सक्नु पर्नेमा त्यो समेत नसकेको पाइएको छ । ९ किलोमिटर कालोपत्रे सडकका लागि १० करोड ५८ लाख ७१ हजार ७ सय ३५ रुपियामा निर्माण सम्झौता भएको पाइएको छ ।

जिल्ला बिकास समिति झापाका इन्जिनियर शुशिल श्रेष्ठले सडकको छेउमा माटोमा कालोपत्रे बिछ्याएको पाइएकाले त्यस्तो भएको जनाउदै निर्माण ब्यवसायीलाइ तत्काल यस्तो कार्य रोक्न निर्देशन दिइएको बताउनु भयो । भत्केको ठाँउमा फेरी पीच हुने र सम्झौता अनुसार काम गर्नका लागि आफूहरुले सचेत गराएको पनि श्रेष्ठले बताउनु भयो ।

स्थानीयहरु र निर्माण ब्यवसायी दुबै पक्षलाइ राखेर सम्झौता अनुसारको काम गराउनका लागि आफूहरुले निर्देशन दिएकाले अब गुणस्तरहीन काम नहुने श्रेष्ठले जनाउनु भयो । त्यहाँ खटाएका आफ्नो प्राविधिक केहि दिन बिदामा रहेकाले पनि समस्या भएको भन्दै अब त्यस्तो नहुने इन्जिनियर श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah