काठमाडौं । दीपक राज गिरी र दीपा श्री निरौला लामो समय देखि कलाकारिता क्षेत्रमा संगै काम गरिरहेका छन्।
दीपक-दीपाको चर्चित टेलिचलचित्र ‘तितो सत्य’ ले दर्शकहरुमाझ उनीहरु रियल लाइफ जोडी नै हुन् भन्ने भान समेत पार्यो। तर दीपक विवाहित र सन्तानका बाबु हुन् भने दीपा अविवाहित छिन्।
पछिल्लो एक भिडियो अन्तरवार्तामा, उक्त अन्तरवार्ताकै एक खेलको भाग स्वरुप दीपकले दीपालाई बिहे कहिले गर्ने भनेर सोधेका छन् भने दीपाले, दुई वटी श्रीमतीको बारेमा के छ विचार भनेर सोधेकी छन्।
दीपक, दीपा र जितु नेपालको उक्त अन्तरवार्तामा उनीहरुले एक-आपसमा पत्रकार ऋषि धमलाको शैलीमा सवाल जवाफ गर्दै रमाइलो गरेका छन्।
दीपक, दीपा र जितु रेडियो नाटक मार्फत कलाक्षेत्रमा चिनिएका थिए। भिडियोमा उनीहरुले आफ्ना ती दिनहरुको पनि स्मरण गरेका छन् भने व्यक्तिगत जीवनका केही कुरा पनि दर्शकहरुसंग बाँडेका छन्।
दीपक, दीपा, जितु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको फिल्म ‘शत्रु गते’ मा पल शाह, आंचल शर्मा, किरण के.सी, प्रियंका कार्की, शिवहरी पौडेल लगायतका चर्चित कलाकारहरु संगै देखिएका छन्। फिल्मले यतिबेला दर्शकहरुबाट अपार माया बटुलीरहेको छ।



