दमक/मुआथाइ अर्थात थाइबक्सिङको जिल्ला अध्यक्षमा दमकका युवा मुकुन्द उप्रेती चयन भएको छ । झापा जिल्लामा पहिलो पटक यो कमिटी बनेको हो ।
जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीको उपस्थितिमा आज भएको युवाहरुको भेलाले उनलाइ अध्यक्षमा चयन गरेको नेपाली काँग्रेसका दमक नगर अध्यक्ष रोशन बिष्ठले जानकारी दिए ।
यो खेल नेपालमा भित्रिएर खलाइन थालेको एकदशक पुग्न लागेपनि झापामा यसको औपचारिक समिति बन्न सकेको थिएन । अन्य कतिपय जिल्लामा भने गठन भएको बताइएको छ । यसैगरी उपाध्यक्षमा राजु शिवाकोटी, सचिब अरबिन्द पोद्धार र कोशाध्यक्ष सिर्जना राइ लगायत चुनिएको बताईएको छ ।
उप्रेतीले यो खेलको बिकासमा आफूलाइ विश्वास गरेर जिम्मेवारी दिएकोप्रति आभार प्रकट गरेकाछन् । उनले यो जिम्मेवारीलाइ कुशलता पूर्वक निर्वाह गर्ने जनाईएको छ ।



