दमक/प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङवो सहित सरोकारवालाहरुले दमकदेखि रबी जोड्ने फाल्गुनन्द सडक अढाइ बर्षमा कालोपत्रे हुने बताएकाछन् । आज यस सडकमा पनि दूइवटा पुलको शिलन्यास गर्ने क्रममा उनिहरुले यस्तो बताएकाहुन् ।
साँसद महेन्द्र कुमारी सुब्बा, अर्जुन राइ लगायतले पनि यो सडक अब राज्य एवं प्रदेशको प्राथमिकताको सडक बनेको बताउदै बजेट कमी हुन नदिन आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
फाल्गुनन्द मार्ग उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले यो सडकलाइ राज्यको प्राथमिकतामा राख्नका लागि धेरै कसरत गर्नु परेको बताए । उनले अब सडकको ट्रयाक खुला भइसकेको भन्दै पीच सडक बन्न अब लामो समय नलाग्ने दाबी गरे ।
बर्षादको समयमा बन्द र हिउदामा पनि मुश्किलले आवातजावत गर्नु पर्ने अवस्थाको अन्त्य चाँडै हुने भन्दै आश्वस्थ बनाउने गरिएको छ । सडकमा पीच भएपछि बढिमा तीन घण्टामा दमकबाट रबी पुग्न सकिने बताइन्छ ।



