https://www.youtube.com/watch?v=cXHj6Ai6x_o&feature=youtu.be
विष्णुप्रसाद पोखरेल
दमक/झापाको वडा नंं ६ स्थित दमकको मुख्य बजारको प्रवद्र्धन गर्ने उदेश्यले निर्माण शुरु गरिएको ‘नमूना पर्यटकीय सडक’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
एकसाता भित्रमा निर्माण सम्पन्न हुने र यहाँ सवारी साधनहरु सञ्चालनमा पूर्ण रुपमा रोक लगाउनेतयारी भएको वडा नंं ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनु भयो ।
दमक नगरपालिकाको एक टोलीले भारतको सिक्किममा रहेको ‘एमजि रोड’को अवलोकन गरेर आएर दमकमा पनि यसै प्रकारको पर्यटकीय सडक बनाउने उदेश्य अनुरुप दमकको मुख्य बजारको सडकलाइ नमूना पर्यटकीय सडक बनाउन शुरु भएको थियो ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुष्यप्रसाद ढुंगानाका अनुसार १ सय ७० मिटर लामो नमूना पर्यटकीय सडक निर्माणका लागि १ करोड ३० लाखभन्दा बढि खर्च भएको छ ।
रात्रीकालिन ब्यवसाय प्रवद्र्धनका साथै दमक बजारलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने उदेश्यले थालिएको नमुना पर्यटकीय सडक निर्माणले सफलता पाईएको उपभोक्ता समितिका सदस्य देउकुमार लिम्बुले बताउनु भयो । ५० फूट फराकिलो सडकको बीचमा फूलवारी सहित बस्नका लागि आरामदायी कुर्सिहरु समेत राखि सकिएको छ ।
बीच भागमा रङ्गि बिरङगि पानीको फोहोरा समेत निर्माण सकिएको छ । साँझ तथा बेलुका बिभिन्न रङ बदलेर पानीको फोहोरा आकाशतिर जाने भएकाले अहिले साँझको समयमा यो ठाँउमा भिड लाग्ने गरेको बताइएको छ ।
https://www.youtube.com/watch?v=cXHj6Ai6x_o&feature=youtu.be
बुधबारदेखि पानीको फोहोरा सञ्चालनमा पनि ल्याइएको छ । लिम्बुका अनुसार टायर बिछ्याएर आकर्षक रुपमा बनाईएको यस प्रकारको सडक पूर्वमा कहि पनि छैन ।
यो सडकले छोएका यहाँ रहेका २ सयभन्दा बढि पसलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भरिभराउ हुने अपेक्षा रहेको र यसले दमकमा नयाँ ब्यवसायिक एवं पर्यटकीय पहिचान अभिबृद्धि गर्ने आफूहरुले पाएको स्थानीय ब्यापारी समेत रहनु भएका दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइले बताउनु भयो ।
उहाँका अनुसार दमक उद्योग बाणिज्य संघले रात्रीकालिन ब्यवसायलाइ प्रवद्र्धन गर्ने उदेश्य लिएको र यसबाट टेवा पुग्ने पनि जनाउनु भयो ।
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्रप्रसाद गौतमका अनुसार यस मार्गलाइ अझ आकर्षक बनाउनका लागि लायन्स स्तम्भ र त्यो स्तम्भमा ठूलो सिंह राख्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
यसको औपचारिक उदघाटनपछि सडकमा कुनै पनि प्रकारका सवारी साधनहरु कुद्न पाउने छैनन् । चौबिसैघण्टा सिसि क्यामेराहरुमा यहाँको गतिबिधि कैद हुने व्यवस्था मिलाईएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=cXHj6Ai6x_o&feature=youtu.be



