काठमाडौं, ४ पुस । कांग्रेस तथा एमालेका उच्च तहका नेताहरु उकपछि अर्को गर्दै संघीयताविरुद्ध खनिन थालेका छन् । उनीहरुले आइतबार सार्वजनिक रुपमै संघीयताको विरोध गरे ।

संघीयताको विरोध गर्नेमा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस नेता रामशरण महत अग्रपंत्तिःमा उभिएका छन् । उनीहरु दुवैले संघीयताको विरोधमा बोल्दा सहभागीले ताली बजाएर उनीहरुलाई साथ दिएका छन् ।

एमाले निकट युवासंभ नेपाल प्रकृतिक स्रोत साधन तथा व्यवस्थापन समितिले आइतबार राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा एमाले उपाध्यक्ष गौतमले नबुझीकनै संघीयता स्वीकार गरी एमालेले गल्ती गरेको भन्न छुटाएनन् ।

‘त्यसबेला माओवादीले संघीयताको कुरा उठाएको थियो, तर हामीले मानेनौं । पछि फेरि मधेस आन्दोलनका नाममा तराईमा पहाडिया लखेट्ने काम यो । युद्ध र द्वन्द्वलाई शान्तिमा परिणत होस् भनेर हामीले सबै कुरा मानिदिएका हौं । त्यसबेला सघीययता स्वीकार गरेर हामीले गल्ती गरेका हौं, अब गल्ती स्वीकार गर्नुपर्छ’, उनले भने ।

संघीयताबारे त्यतिबेला पार्टीमा समेत कुनै छलफल नभएको गौतमको दाबी छ । ‘माधवजी छलफलमा जानुभएको थियो, गिरिजाप्रसादका कारण संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भन्दै आउनुभयो’, गौतमले भने ।

आफूलाई कस्तो खालको संघीयता भन्नेसमेत थाहा नभएको औंल्याउँदै गौतमले भने, ‘माओवादीले जेजे भन्छ त्यसैअनुसार संविधानसभाको निर्वाचनमा सहभागी भयौं ।’

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले आफूहरुलाई संघीयताको गीत गाउँदा जहाज ठोकिएको थाहा नपाएजस्तो भएको बताए । ‘संघीयताको हामीले यति गीत गायौं, जहाजमा चढेका हामीले त्यो गीत गाउँदा ठोक्किएको समेत थाहा पाएनौं’, महतले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah