‘असी पुगी बसी खाने’ भन्ने नेपाली उखानै छ। तर यो उखानले सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई भने छुन सकेको छैन।
शेर्पा विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने पदमार्ग निर्माण गरिरहेका छन्। गाला चाउरी परिसके, केश फुलिसक्यो, ढाड समेत कुप्री प¥यो। तर अझै जोस–जाँगर भने १६ वर्षे जवानीको जस्तै छ शेर्पाको।
https://youtu.be/DPtnxbwcRDk
आखाँ राम्रो नदेख्ने शेर्पा कानसमेत राम्रो सुन्दैनन्। तर उनै वृद्ध बाटोमा बसेर चन्दा माग्छन्, अनि बाटो बनाउने कार्यमा सक्रिय हुन्छन्। उनले पैदलयात्रीबाट चन्दा मागेर नै बाटो बनाउन थालेको अहिले ३३ वर्ष भयो।
आफ्नो ज्यानसमेत थेग्न नसक्ने अवस्थाको भए पनि अझै बाटो बनाउने कार्यमा सक्रिय छन्। जिल्लाको माथिल्लो क्षेत्र खुम्बूको विकासमा शेर्पाको महत्वपूर्ण योगदान छ। एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिँड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै थाक्दैनन् उनी।
चन्दाबाट दिङ्बोचेदेखि फुगिथेंकासम्मको करीब १४ किलोमिटर बाटो बनाएको शेर्पाले बताए। उनले भने, ‘फेरिचेदेखि एभरेस्ट बेसक्याम्पसम्मको करीब पाँच किलोमिटर बाटो पनि बनाइसकेँ । अहिले नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने बाटो बनाउँदै छु।’ यो बाटोको दूरी करीब २० किलोमिटर छ। आगामी वैशाखभित्र यो बाटोको निर्माण पूरा गर्ने उनको लक्ष्य छ।
https://youtu.be/DPtnxbwcRDk
एक मुट्ठी सास रहुन्जेल पनि बाटो बनाउने उनले बताए। शेर्पाले सगरमाथा राष्ट्रिय निकुञ्जसँग स्वीकृति लिएरै बाटो बनाउन थालेका हुन्। बाटो निर्माणमा उनले विगत दुई वर्षयता भने दुई जना कामदार पनि खटाएका छन्। ‘उनीहरुलाई दिने पारिश्रमीक पनि चन्दा उठाएरै संकलन गर्ने गरेको छु,’ शेर्पाले भने।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बर्षेनी हजारौँ पदयात्री र आरोही जान्छन्। सोही बाटो भएर जाने पर्यटक र गाइडको स्वेच्छिक सहयोगले शेर्पाको बाटो बनाउने काम सफल भएको छ। उनले भने, ‘मेरो आफ्नो गुजारा पनि यही हो, काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट पुग्छ। मैले कुनै पनि रकम हिनामिना गर्दिन। सबै बाटो बनाउने काममै खर्च गर्ने गरेको छुु।’
शेर्पाले अहिलेसम्म करीब २० किलोमिटर ट्याक्सी गुड्ने बाटो बनाइ सकेका छन्। १६ वटा चौतारासमेत निर्माण गरेका छन्। रासस
अन्य समाचार:
यसरी पढे हत्तपत्त बिर्सिन्न टिप्स ,शब्द स्मरणमा विश्व कीर्तिमानी अर्पण शर्माका उत्कृष्ट १० टिप्सहरु
बिर्सने धेरैको बानी हुन्छ । त्यसमाथि पढेको कुरा बिर्सिएर परिक्षामा तनाव बेहोर्ने विद्यार्थीहरु धेरै हुन्छन् ।
पढेको कुरा केहिछिन मै बिर्सिने समस्या भएका विद्यार्थीहरुलाई धेरै शब्द स्मरण गरेर विश्व किर्तिमान राखेका अर्पण शर्माले १० टिप्स दिएका छन् । हामी पनि पढौं उनका १० टिप्स र लागु गर्ने प्रयास गरौँ:
१. विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ। एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन ।
२. रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । कुनै पाठ गाह्रो लाग्छ भने त्यसलाई केहि कुरामा लिंक गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ ।
३. निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।
४. एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।
५. पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । फाष्ट फुडको प्रयोग गर्नु हुँदैन । यसले स्मरणशक्ति घटाउँछ ।
६.सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो ।
७. अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफुले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ । कुनै कुरामा आफुले पढेको कुरा जोड्ने हो भने दिमागले अरु कुरा सोच्न भ्याउँदैन ।
८. ढाड सीधा गरेर पढ्ने । यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्छ । उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ ।
९. सकेसम्म अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ । जवरजस्त उठ्दा तपाईंको दिमागलाइ सीधा असर गर्छ । यसले तपाईंको आँखालाई पनि असर गर्छ । सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ ।
१०. पढ्दा सकेसम्म ठुलो स्वर ननिकाल्ने । यसले तपाईंको शरिरमा भएको शक्ति बढी निस्किन्छ । जसका कारण तपाईं थोरै समयमा थकित हुनुहुनेछ । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।



