दमक/झापाको गौरादह नगरपालिकामा सेवाग्राहीहरुले ताल्चा लगाइ दिएकाछन् । सोमबार बिहान कार्यालय खुलेपछि पुगेका सेवाग्राहीहरुले छिटो छरितो काम नभएको र कर्मचारीहरुलाइ घू्स नख्वाइ काम नै नहुने गरेको भन्दै ताल्चा लगाइ दिएकाहुन् ।
एकघण्टापछि स्थानीय प्रहरीले नगरपालिकाको ताल्चा फोरेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् । आक्रोशित सेवाग्राहीहरुको समुहले जनप्रतिनिधिहरुले आफूहरुको पीरमार्का नबुझेको भन्दै राजिनामा दिनु पर्ने बताएका थिए ।

घूस नखाइ काम नगर्ने कर्मचारीहरुको बर्खास्ती गर्नु पर्ने भन्दै सेवाग्राहीहरु आक्रोशित भएका थिए । सेवाग्राहीको बिरोधपछि आज नै नगरपालिकाको बोर्ड बैठक बस्ने बताइएपनि ४ बजेसम्म बैठक शुरु भएको छैन ।



