गौरादह-गौरादह नगरपालिकामा सेवाग्राहीहरुले सोमबार विहान ताल्चा लगाइदिएपछि नगरपालिकाको बोडको आकस्मिक बसेको बैठकले लिखित कुनै विषय लिखित नबुझाई नगरपालिकामा ताला लगाउने काम गरिएकोमा घोर निन्दा गर्ने निर्णय गरेको छ ।
नगरका प्रवक्ता नगेन्द्र भण्डारीका कुनै लिखित रुपमा जानकारीनै नदिई गरिएको ताल्चाबन्दीप्रति बैठकले घोर निन्दा गर्ने निर्णय गरेको बताए । वडा नं. १ का अध्यक्ष समेत रहेका प्रबक्ता भण्डारीका अनुसार व्यवस्थित हुन नसकेका कामलाई व्यवस्थित गरेर जाने, भवन निर्माण लगायत समस्याको कानुनी प्रक्रियागत समस्या फुकाउन नगरप्रमुख रोहितकुमार शाहको संयोजकत्वमा एक कार्यदल समेत निर्माण गरेको छ ।
जसमा उप प्रमुख गीता भेट्वाल, कार्यकारी अधिकृत सागर मिश्र, वडा नं. ५ र नौका वडा अध्यक्ष क्रमश पाँच छत्रपति सुवेदी र सीताराम भट्टराई रहेकाछन् ।
कार्यदलले देखिएका समस्याका समाधानका विषयमा विधेयक ल्याउने र सात दिनभित्रमा बैठक बस्ने समेत भण्डारीले जानकारी दिए । यसै बीच यूवा संघ नेपालले गौरादह नगरपालिकामा देखिएको समस्याको गाम्भिर्यतालाई सम्बन्धित पक्षले वेवस्ता गरेमा जनतासँगै मैदानमा आउने प्रेस विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।
यूवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दुर्गा गौतमद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छ– “जनताको भावनासँग खेलवाड गर्ने जो कोहीलाई पनि आफ्ना हर्कतहरु सच्याउन र जनतासँग सहज र सामान्य व्यवहार गर्न अपिल गरिन्छ ।”



