मुम्बई। बलिउड अभिनेत्री यामी गौतम यतिबेला एक भिडियोका कारण चर्चाको शिखरमा छिन्। सो भिडियोमार्फत उनको यस्तो ट्यालेन्ट सार्वजनिक भएको छ, जुन शायद अहिलेसम्म कुनै पनि फिल्ममा पनि देखिएको छैन। यामी यो भिडियोमा पोल डान्स गरिरहेकी देखिन्छिन्। यद्यपी यो निकै छोटो भिडियो हो। उनको यो प्रयासलाई भारतीय संचारमाध्यमले प्रशंसा गरेका छन्।
यामीले आफ्नो कुनै फिल्मका लागि अभ्यास गरेको हुनसक्ने अड्कल लगाइएको छ। यसअघि यस्तै डान्स ज्याकलीन फर्नाडिसले पनि गर्ने गरेकी थिइन्। ज्याकलीन पनि पोल डान्समा निकै रुची राख्छिन्।
उनी बेला बेलामा आफ्नो पोल डान्सको भिडियो सार्वजनिक गर्ने गर्छिन्। ज्याकलीन फिल्म रेस–३ मा पनि पोल डान्स गर्दैछिन्। त्यसबाहेक उनको झोलामा किक–२ फिल्म पनि छ। सो फिल्ममा ज्याकलीन सलमान खानसँग देखिँदैछिन्।
यामीले गत वर्ष २०१७ मा काबिल फिल्ममा अभिनय गरेकी थिइन्। यामी बत्ती गुल मिटर चालू मा पनि अभियन गर्दैछिन्। यो फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्ममा यामीसँगै शाहिद कपुरको मुख्य भूमिका रहेको छ।
-डिसी नेपाल बाट



