विष्णुप्रसाद पोखरेल
दमक/पूर्व राजा ज्ञानेन्द्र शाहको दमकमा क्रेज देखिएको छ । दमकको पशुपति मन्दिरमा बुधबार साँझ उनि आउदा उनको स्वागतमा देखिएको उत्साहले उनिप्रतिको क्रेज देखाएको हो ।
आध्यत्मिक चिन्तनमा लागेका युवाहरुदेखि लिएर हिजो राजाबादी भनिएर चिनिएकाहरुको माझमा दमकका गणतन्त्रबादीहरु समेत स्वागत गर्न तछाडमछाड देखिनु उनको क्रेज हो ।
पशुपति मन्दिर प्रवेसद्धारदेखि नै पूर्व राजा ज्ञानेन्द्र र कोमलका लागि रेडकार्पेट बिछ्याइएको थियो । हसिलो अनुहारमा मन्दिर परिसरतर्फ लम्किएका शाहलाइ दर्शन र छुनका लागि कतिपयले मरिहत्ते नै गरेका थिए ।
पशुपति अध्यात्मिक युवा समुहले यसको संयोजन गरेकाले दमकका जल्दाबल्दा युवाहरु नै स्वागतमा पनि सक्रीय थिए । पूर्व राजाको सम्मान र स्वागतमा कुनै कमी देखिदैनथ्यो ।

साँझमा सुरक्षाको चुनौती थियो । यसैले गर्दा हुनसक्छ कडा सुरक्षा ब्यवस्था पनि मिलाइएको देखिन्थ्यो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी, प्रहरी निरिक्षक बुद्धिनाथ चौलागाइ आफै खटिएका थिए ।
मूल मन्दिर प्रवेस गर्न पूर्व राजा शाहलाइ झण्डै ५ मिनेट लागेको थियो । त्यसपछि उनी २० मिनेट बिशेष आरतीमा सहभागि भए । अनि सरासर उनि निस्किए ।
प्रत्येक सोमबार हुदै आएको बिशेष आरती पूर्व राजा शाहका लागि नै बुधबार गरिएको थियो । शाहको आग्रहमा पनि यस्तो गरिएको पशुपति आध्यत्मिक युवा समुहका अध्यक्ष बद्रि बरालले जानकारी दिए ।



