५ पुस । प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।
आजको नागरिक दैनिकमा खबर छ– पछिल्ला केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन वरिष्ठ पाइलट उड्डयन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका छन् ।
सेवा–सुविधा बढी पाएको भन्दौ यती एयरलाइन्स, बुद्ध एयर, सिम्रिक एयरलाइन्स, सौर्य एयरलाइन्स, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हेलिकोप्टर सेवा प्रदायक कम्पनी माउन्टेन हेलिकोप्टर्सका वरिष्ठ पाइलट अन्यमा गएका छन् ।



