विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा मानसिक रुपमा बिरामी जस्तो देखिने बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको उद्धारपछि आम्दा अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अग्रसरतामा उद्धार गरी अस्पतालमा ल्याइएपछि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले चासो दिइ अहिले उपचार भइरहेको जनाईएको छ ।
अधिकारीले यहाँ हुने उपचारमा कुनै कमी हुन नदिने र मनोसामाजिक परामर्शदाता एवं बिज्ञहरुलाइ समेत ल्याएर देखाइएको जानकारी दिइन् । आम्दा अस्पतालले निशुल्कको रुपमा बिरामीको उपचार गर्दै आएको छ ।
उनलाइ शनिबार मानसिक रोग बिशेषज्ञलाइ समेत देखाउने तयारी रहेको जनाएकीछन् । उनको परिवारको पहिचान गर्न समस्या भएको बताउदै सबैसंग सहयोगका लागि आग्रह पनि गरेकीछन् । यस्ता महिलाहरुको सुरक्षामा सबै चिन्तित हुनुपर्ने अवस्था आएको पनि उनले बताइन् ।
अधबैशे महिलाले आफ्ना श्रीमान तथा ठेगनाको बिषयमा समयसमयमा बेग्लाबेग्लै बताएपछि परिवार पत्ता लगाउन गाहे भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले जानकारी दिए ।
बिभिन्न ठाँउमा बलात्कार र अपराधका घटनाहरु भइरहेको अवस्थामा महिलाको सुरक्षाका लागि समेत प्रहरीले चासो दिएर मानवीय कार्य गरेको भन्दै लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले यि महिलाको खाना तथा खाजाको ब्यवस्था गरिदिएकाछन् ।

अस्पताल नजिकै होटलमा आफूले ब्यवस्था गरिदिएको गौतमले जानकारी दिए । उनको ५ दिन अघिदेखि उपचार हुदै आएको छ । प्रहरी प्रमुख गिरी र नगरपालिकाका उपप्रमुख अधिकारीले ठूलो काम गरेको बताउदै आफूले त्यसमा सहयोग गरेको बताए ।

चिन्नुहुनेले दमक प्रहरी ०२३५८०१०० वा नगरपालिकामा खबर गरिदिनुहोस



