मुम्बइ। सलमान खानको मुद्दामा बहस गर्ने वकिल महेश बोडालाई अण्डरवल्र्ड डन रवि पुजारीले मारिदिने धम्की दिएका छन् । पुजारीले धम्की दिएको महेश स्वयंले बताएका हुन् । बोडाका अनुसार उनलाई बिहीबार साँझ इन्टरनेट कल आएको थियो । बोडाले राती कल नउठाएपछि शुक्रबार बिहानसम्म झण्डै १० वटा म्यासेज आएका थिए । रवि पुजारीको नामबाट आएका म्यासेजमा ‘सलमानको केस छोडिदिनु नत्र मारिदिन्छौं’ भन्ने लेखिएको बोडाले बताएका छन् ।

रवि पुजारी निकै खतरनाक डन मानिन्छन् । उनले बलिउडमा स्वयं सलमान खानसहित शाहरुख खान, करिश्मा कपुर र अरजित सिंहसम्मलाई धम्की दिइसकेका छन् । मुम्बइमा अण्डरवल्र्डको नेटवर्क फैलिँदै गर्दा रवि पुजारी छोटा राजनका शार्पसुटर थिए । कुख्यात अपराधी गुरु साट्टम र रोहित वर्मासँगै रवि पुजारी पनि छोटा राजनका नजिकका मान्छे थिए । यही क्रममा छोटा राजन रोहित वर्मासँग नजिकिन थालेपछि गुरु साट्टम र रवि पुजारी उनीसँग रुष्ट भए ।

१९९२ मा छोटा राजनमाथि थाइल्याण्डको बैंककमा आक्रमण भएको थियो । यो आक्रमणमा रोहित वर्मा मारिए । यसपछि १९९३ मा मुम्बइ बम आक्रमणपछि दाउद इब्राहिम र छोटा राजन छुट्टिएपछि रवि पुजारी पनि छुट्टिएर बैंकक गए । त्यहाँ उनले आफ्नो छुट्टै ग्याङ बनाए । बैंककमा फिरौतीको धन्दालाई व्यवसायिक रुप दिने कामको श्रेय रवि पुजारीलाई जान्छ । उनले बैंककबाटै मुम्बइका ठूला बिल्डर र बलिउड हस्वीसँग सुरक्षाको बदलामा पैसा माग्न थाले । कैयौं बलिउड हस्तीले उनलाई पैसा दिए ।

यसरी धम्की दिने क्रममा रवि पुजारीले चर्चित बलिउन हस्तीलाई निशाना बनाएका थिए । रवि पुजारीले सलमान खान, शाहरुख खान, रितेश देशमुख, निर्देशक महेश भट्ट, संजय कपुर, बोनी कपुर, यश चोपडा, अभिनेत्री करिश्मा कपुरका पति र प्रिती जिन्टाका पूर्व प्रेमी नेस वाडियालाई धम्की दिएको खुलेको छ । उनका मान्छेले करण जौहर, विवेक ओबराय, अक्षय कुमार, फरहान अख्तरलाई पनि पैसाको लागि धम्की दिइसकेका छन् । पुजारीले सबैलाई इन्टरनेट फोनमार्फत धम्की दिने गरेको खुलेको छ । डिसी नेपाल बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah